आमा सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ता दोब्बर

This News was posted on July 17, 18 11:04 am

ललितपुर । ०७५ साउन १ गते

रमेशप्रसाद तिमल्सिना

सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत दिइँदै आएको भत्ता दोब्बर गरेको छ । बजेटमा भएको व्यवस्थाअनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले दिइँदै आएको भन्दा दोब्बर भत्ता दिन पत्रचार गरेको हो ।

सरकारले गर्भवती जाँच भत्ता र सुत्केरीलाई यातायात खर्च दिँदै आएको छ । हाल १ हजार ५ सय रुपिया सुत्केरी भत्ता पाउँदै आएकोमा अवदेखि हिमाली क्षेत्रका महिलाले सुत्केरी ३ हजार रुपैयाँ पाउँने भएका छन् ।  यस्तै पहाडी क्षेत्रका सुत्केरी महिलाले २ हजार रुपैयाँ पाउने भएका छन् । यअघि पहाडी क्षेत्रका सुत्केरी महिलाले २ हजार रुपिया मात्र भत्ता पाउने गरेका थिए । त्यस्तै तराई क्षेत्रका सुत्केरी महिलाले ५ सय रुपिया भत्ता पाउँदै आएकोमा अवदेखि १ हजार रुपिया पाउनेछन् ।

यसैगरी सरकारले स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराए वापत दिने गरेको भत्ता पनि दोब्बर पारेको छ । प्रोटोकल अनुसार गर्भ जाँच गर्ने महिलाले भत्तास्वरुप ४ सय रुपिया पाउँदै आएकोमा अवदेखि ८ सय रुपैयाँ पाउनेछन् ।