इकुडोलमा बन्दुक पड्काउदा सुजाताको ज्यान गयो, आरोपित श्रीजन प्रहरी नियन्त्रणमा

This News was posted on March 31, 18 7:06 am

ललितपूर । बागमती गाउँपालिका ५ इकुडोलस्थित पोखरीडाँडामा शुक्रबार बन्दुक पड्काउदा स्थानीय ३२ वर्षीय सुजाता सिंगारको ज्यान गएको छ। कोञ्ज्योसोम गाउँपालिका २ शंखु निवासी १७ वर्षीय श्रीजन तामाङले चलाएको गोली लागी सुजाताको मृत्यु भएको ललितपूर प्रहरीका डीएसपी रविन्द्र रेग्मीले बताएका छन् ।

आरोपित तामाङ्ग अहिले प्रहरी नियन्त्रणमा रहेको घटनाको बारेमा थप अनुसन्धान भईरहेको रेग्मीले मानव आवाज डट कमलाई बताए। बच्चाहरुले बन्दुक खेलाइरहदा अञ्जानवश पड्किएर सुजातालाई लाग्दा मृत्यु भएको स्थानीय अणेन्द्र लामाले बताएका छन्। मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । नियतवश उक्त घटना नगराईएको तर कानुनबमोजिम आरोपितलाई कानुनी प्रक्रिया अघि बढाईने पनि लामाले जानकारी दिए ।