कला र संस्कृतिको नाममा सीमित मान्छेहरु आलोपालो मोटाउने गर्छन-मिठाराम केसी

This News was posted on August 29, 17 10:07 am

मिठाराम केसी लोक गायक,कलाकार तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका अध्यक्ष हुन्। लामो समयदेखि कलाकारितामा सक्रिय रहेका केसीले मौलिक कोक संगीत र संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान दिएका छन्। केसीसंग लोक गित संगीतको परिवेश र यसमा आएका विकृतिको विषयमा सन्तोष दाहालले गरेको संवाद।

Image may contain: 1 person, hat

-पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
अहिले नेपाली जनतले भाेग्नु परेको प्राकृतिक प्रकाेप लगायतका यावत खाले बिजाेग हेर्दै, केही सहयोगका कार्यक्रमहरु अगाडी बढाउदै,वर्तमान अस्थिर राजनीतिक नाटकलाई पनि नियाल्दै छु। अनि यस्तै यस्तै माहोलका बीच अाफ्नाे माैलिक संस्कृतिका बारेमा थाेरै चिन्तनमनन पनि गर्दै छु ।

-लोक सांगीतिक क्षेत्रमा कसरी र कहिलेदेखी लाग्नुभयो?
लाेक संगीत मानव जीवनको एक अभिन्न अंग हो। जहाँ मानव हुन्छन् त्यहाँ लाेक संगीत हुन्छ।त्यसैले समाजका हरेक मान्छे कुनै न कुनै काेणबाट लाेक संगीतकाे नजिक हुन्छ नै,म पनि सानै उमेरदेखि लाेक संगीतकाे शुभचिन्तक बन्न पुगें।

-तपाईंले कस्ता गीतहरु गाउनुभएको छ?
लगभग २०३०/३२ सालदेखि रहरै रहरमा गीत संगीतलाई अँगालेर अाज सम्म अाई पुग्दा घाँस दाउरा,मेलापात,जात्रा पर्व,बिहे ब्रतवन्ध पुजाअाजा,असारे राेपाईं देखि रेडियो नेपाल सम्म र पर्व,समय, घटना-परिघटनालाई विशेष मानेर गाउने,लेख्ने र बजाउने क्रममा बालपन र अल्लारे पनलाई छाडेर भन्नु पर्दा, जति लेखें गाएँ देश विकासका लागि, समाज तथा सामाजिक चेतना र परिवर्तनका लागि र दिन दु:खीहरुकै लागि लेखें गाएँ,अाफ्नाे लागि,अाफु केन्द्रीत भएर कहिल्यै लेखिन र गाइन पनि।

-लोक दोहोरी प्रतिष्ठान ललितपुरको अध्यक्ष हुनुहुन्छ,प्रतिष्ठानले के कस्ता कामहरु गर्दै आइरहेको छ?
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानले नेपाली माैलिक लाेक संस्कृतिको बारेमा जति गर्नुपर्ने हो,एकछेउ पनि गर्न सकेको छैन।माैलिकताकाे जगेर्ना देखि कला र कलाकारको हक हितकाे रक्षा, विकृति विसंगतिकाे अन्त्य,पाइरेसी कालाबजारीकाे अन्त्य लगायतका थुप्रै कामहरु गर्नुपर्नेछ।यीनका पहिचान गर्दै केही कदम अघि बढ्ने सम्मकाे थालनी भएको छ,यसलाई सकारात्मक रुपमा लिनु पर्छ।म अाफु पनि राजधानी भित्रकाे ललितपुर जस्तो महत्त्वपूर्ण जिल्लाकाे अध्यक्ष हुँ र,यी कामहरू पुरा गर्नका लागि मेरो पनि उत्तिकै दायित्व छ भन्ने बुझेर अघि बढी रहेको छु।

-तपाइँको बुझाइमा लोकगीत संगीत के हो?यसले कस्ता पक्ष र प्रकृतिलाइ समेट्नु पर्छ?
लाेक भनेको समाज अर्थात जनता हुन् । लाेक गीत/ संगीत त्यही समाज र लाेकका लागि,जन जिब्रोबाट प्रष्फुटन हुने भाका,शब्दहरु नै लाेक गीत/संगीत हो,यीनैका जन जिविकालाई समेट्दै,नेपाली माटो र माैलिकता,परम्परा र सुखदुःखसंग गाँसिएको हुनुपर्छ र यसलाई सबै नेपालीले अात्मसात गर्न सक्नु पर्छ ।

-पछिल्लो समयमा लोग्नेमान्छेले पनि तीज गीत गाउने र नाच्ने प्रवृती बढ्दो छ,गीत संगीतमा आएका विकृती र छाडापनको बारेमा के भन्नुहुन्छ?
तीज आयो र गयो त भन्छन, मलाई तीज अाएकाे अाभाषै भएको छैन। खै कहाँ अायाे तीज? खै मेरो माटाेले मागे जस्तो,मेरा बुढी जिजु हजुरअामा,हजुरअामा र अामाहरुले मनाउने गरेकाे तीज? खै सुखदुःख, हाँसो राेदन, सत्यतथ्य समेटेर गाइएका भाकाहरु अनि खै राताम्यै चाेली गुनियाेमा सजिएका मेरा अामा दिदीबहिनीहरु? समला,ख्याली,झ्याउरे,हाप्पारे अादीमा संसार पाए जत्तिकै खुशीमा छमछम नाच्ने ति पैतालाहरु खै कता बिलाए ? खै कहाँ अायाे तीज पर्व? माैलिक,सांस्कृतिक,धार्मिक वा परम्परागत सबै पक्ष लुटिएको रत्याैली गीतलाई तीज गीतको नाम दिंदैमा,पैसाको लागि छाडा गीत र अश्लील भिडियोहरु बनाएर बेच्दैमा,त्यही गीतका नाममा बिदेश शयरकाे लाईसेन्स् प्राप्त गर्ने अनि त्यही कामलाई कला संस्कृति र संस्कार थामेकाे ढ्वाङ्ग फुक्ने,यसैलाई हामी माैलिक पर्व भनेर गर्व गर्ने ? तीज परम्पराको ईतिहासमा दाेहाेरी कहाँबाट अायाे? मन खाेलेर बर्ष भरिका दु:ख वेदना पाेख्दै चेलीबेटी नाच्ने पर्वमा भुसतिघ्रेहरुकाे अंगालाेमा च्याप्पिएर नाच्ने मेरा ती महान दिदीबहिनीहरुलाई कुन शब्दले सम्बाेधन गराैं ?धिक्कार छ हामी जस्ता चेतनशील प्राणीलाई !
-छाडापन रोक्नका लागि ककसले केके गर्नुपर्ला?
छाडापन राेक्नका लागि सबैभन्दा पहिला त गीत संगीतका पारखीहरु अाफैं सचेत हुनुपर्छ। जन्ती र मलामी छुट्याउन सक्नु पर्छ, त्यस्ता छाडा गीत र भिडियो बनाउने कलाकारलाई सधैंका लागि बहिष्कार गर्नु पर्छ। अनि सञ्चारकर्मीहरु देशभक्त,कला संस्कृतिकाे मायाँ गर्ने र प्रलाेभनमुक्त हुनुपर्छ,विकृति विसंगति अाफैं बढारिन्छ ।
-राज्यले लोकगीत र संगीतको संरक्षण र विकासका लागि के गरेको छ र के गर्नु आवश्यक छ ?
कला र संस्कृतिको नाममा देशको ठुलो धनराशि खर्च भएको छ, सीमित मान्छेहरू अालाेपालाे माेटाउने गर्छन् राज्य सञ्चालनमा पुगेका मान्छेहरू पुरै अनुत्तरित छन्।कला संस्कृतिको रक्षा गर्ने हाे भने बिषय बिज्ञ मान्छेलाई सम्बन्धित मन्त्रालयकाे नेतृत्व गर्न दिनुपर्छ, र त्यो लाेभ मुक्त ब्यक्ति हुनुपर्छ साथसाथै गीत संगीतको नियमन र नियन्त्रणका लागि सेन्सरबाेर्ड गठन गर्नु पर्छ ।
-अन्त्यमा केही भन्नु छ कि?
असत्य माैलाउँदाे र सत्य अाेईलाउँदाे अवस्थाबाट देश,जनता,राजनीति,कला र संस्कृतिलाई जतिसक्दो छिटो मुक्त गर्नु सम्पूर्ण नेपालीको दायित्व हो,यो यथार्थलाई सबैले मनन् गराैं भन्दै तपाइँ लगायत तपाईंको मिडियालाई मेरा केही भनाइहरु राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहान्छु ।