कोन्ज्योसोमको भारदेउमा बस दुर्घटना,१ को मृत्यु ,दर्जनौं घाईते

This News was posted on June 29, 18 12:48 pm

 

सन्तोष दहाल


ललितपूर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भारदेउमा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा परी २२ जना घाईते भएका छन् ।

दर्घटनामा परी सामान्य घाईते भएकालाई टिकाभैरवस्थित आनन्दवन अस्पताल ल्याइएको छ भने गम्भीर घाईते केहीलाई पाटन अस्पताल लगिएको छ । लगनखेलबाट भारदेउतर्फ गईरहेको बा ४ ख ५३६४ नं को बस कोन्ज्योसोम गाउँपालिका ५ भारदेउको पौवास्थित सडकबाट करिब ५०० मिटर तल खसेको हो । घाइते हुनेहरूमा बर्ष २३ का देवलाल तामाङ भारदेउ , बर्ष ११ का निजल तामाङ चाैघरे , बर्ष २० का आशलाल तामाङ चाैघरे , बर्ष ३५ कि सपना तामाङ चाैघरे , बर्ष ४९ कि पुर्णि माया तामाङ भारदेउ, बर्ष २३ कि रमिला तामाङ चाैघरे, बर्ष ४ का अंकित तामाङ भारदेउ , बर्ष १८ का साेमराज तामाङ भारदेउ , बर्ष ४० का मानबहादुर तामाङ भारदेउ , बर्ष २ का पाल्साङ्ग तामाङ भारदेउ , बर्ष २२ कि चमेलि थिङ्ग चाैघरे , बर्ष ५ का सराेज थिङ्ग चाैघरे, बर्ष ३६ का रमेश स्याङ्तान चाैघरे , बर्ष ४५ का धन बहादुर तामाङ चाैघरे, बर्ष ६२ का सन्त बहादुर तामाङ चाैघरे , बर्ष १८ कि सुस्मा तामाङ चाैघरे, वर्ष १९ कि दिपक तामाङ चाैघरे, बर्ष २४ का सुकराम स्याङ्तान चाैघरे , बर्ष ४० कि सानू बल तामाङ भारदेउ , बर्ष २१ कि चञ्चलि तामाङ , बर्ष १५ कि सुनिता थिङ्ग चाैघरे , बर्ष ५ कि रितिसा लामा भारदेउका रहेका छन् । घाइतेहरुकाे आनन्दवन अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ भने चार जनाको अवस्था गम्भीर रहेको पनि जानकारी प्राप्त भएको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको र दुर्घटनाको  भने खुल्न नसकेको बताईएको छ ।