को हुन् डा. युवराज खतिवडा ?

This News was posted on February 27, 18 9:34 am

सन्तोष दहाल


नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा अन्तत: केपी ओली नेतृत्वको बाम सरकारमा अर्थमन्त्री बनेका छन्  । नेपाल राष्ट्र बैंकका १५ औं गभर्नर रहेका खतिवडा अर्थमन्त्रीका लागि बलियो आकांक्षी एबम नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको सम्भावनालाई पाखा लगाउदै र सबैको अड्कलबाजीलाई गलत साबित गर्दै अर्थमन्त्रीको रूपमा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीबाट शपथ लिईसकेका छन्।

बलियो अनि यथार्थ नियमनसहित कतिपय क्षेत्रमा राज्यले हस्तक्षपकारी भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मान्यता राख्ने डा खतिवडा प्रधानमन्त्री ओलीको पहिलो रोजाईमा परेका छन् । वि.सं.२०१९ सालमा जन्मिएका खतिवडाले मौद्रिक अर्थशास्त्रमा सन् १९९१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि गरेका थिए भने २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका थिए ।

Image result for डा. युवराज खतिवडा

वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका उनले  धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण, विकास र नियोजन सम्बन्धी  मुद्दामा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएको  र एक संसाधन व्यक्तिको रूपमा यस तरिकाको प्रशिक्षण कार्यक्रमहरू र सेमिनारहरूमा भाग लिएका छन् । अर्थतन्त्रको विषयगत ज्ञानका साथै दातृ निकायसँग पनि राम्रो सम्बन्ध भएका खतिवडा वि.सं.२०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहुबाट समेत सम्मानित भएका छन्। उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसका थिए। त्यसपछि उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भए।

उनले कोलंवओमा यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ तीन वर्ष (असार २०६३) मा अर्थशास्त्रीको रूपमा सेवा र डा.युवराज खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उप-सभापतिको भूमिका निर्वाह गरेका थिए । त्यसअघि नै उनी  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान  विभागको प्रमुख (२०५५-२०५८), २०३८ मा त्रिभुवन विश्वविद्धालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा काम गरेका छन् ।

देशको वर्तमान अर्थतन्त्र अत्यन्तै कठिन मोडमा रहेका बेला उनको नियुक्तिले यो अवस्थालाई माथि उठाउन सहज हुने र विकास निर्माणका लागि आवश्यक पर्ने पर्याप्त स्रोत जुटाउन सहज हुने ओलीको अनुमान छ। सर्वसाधारणसँग जोडिने सबै क्षेत्र बलियो नियमनमा बस्नु पर्छ भन्ने मान्यता राख्ने खतिवडाले घरजग्गामा अधिक ऋण प्रवाह भएका कारण ‘लिक’ वाहिर गइसकेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याएका थिए। बलियो नियमनमा बसेर उचित मुनाफा मात्र लिनु पर्छ भन्ने मान्यता खतिवडाको रहेको हुँदा उनीसँग खेलोफड्को गर्ने शेयर तथा घरजग्गा कारोबारीहरु डराउँछन्।

नेपाल राष्ट्र बैंकको क्याडर रहेका खतिवडाका अर्थतन्त्र र विकासका बारेमा चारवटा पुस्तक समेत प्रकाशित छन् । उनी कृषिमा आधारित साना तथा मझौला  मझौला उद्योगबाट नै देशको अर्थतन्त्र ३ देखि ४ प्रतिशत विन्दुसम्मले बढाउन सकिने मान्यता राख्छन। यद्यपि साधारण खर्च नै धान्न मुस्किल पर्ने यतिबेला देशको बाह्य क्षेत्र पनि ऋणात्मक छ। पुस मसान्तसम्म देश ६ अर्ब ६६ करोड रुपैयाँ शोधनान्तर घाटामा छ। उच्च आयातका कारण मूल्य बृद्धि पनि बिस्तारै उक्लिन थालेको छ।

गाडि र यसका पार्टपुर्जा तथा पेट्रोलियम पदार्थ तथा भारतसँग किनिएको विजुलीका कारण ब्यापार घाटा अस्वभाविक रुपमा बृद्धि भइरहेको छ। खतिवडा गभर्नर हुँदा पनि शोधनान्तर घाटा उच्च थियो। त्यस बेला उनले सुन आयातमा कोटा लगाउने नीति लिएका थिए। अनौपचारिक क्षेत्रलाई औपचारिककरण गर्न बैंकहरुलाई तल्लो तहसम्म पुर्याएका थिए।  अब उनले लिकबाट हल्लिएको अर्थतन्त्रलाई टेवा दिनु आफ्नो कार्यकालको प्रमूख चुनौती रहेको छ।