गाउँका अगुवा घरैबाट ‘बेपत्ता’, खोजीका लागि परिवारको याचना

This News was posted on July 21, 18 1:35 pm

ललितपुर । साउन ५ गते

गोदावरी नगरपालिका-७ देबीचौरका अगुवा समाजसेवी प्रेमप्रसाद बजगाइँ साउन ३ गते बिहान घरैबाट परिवारको सम्पर्क बाहिर रहेका छन् । गाउँलेका दु:खसुखका सारथी प्रेमप्रसादको खोजीका लागि परिवारले प्रहरी तथा अफन्तजन र शुभचिन्तकको सहयोगको अपेक्षा गरेको छ । विगत लामो समयदेखि दुध भर्ने काम गर्दै आएका ६९ वर्षीय बजगाइँ एकाएक परिवारको सम्पर्क बाहिर भएपछि परिवार तथा गाउँलेहरु चिन्तित बनेका छन् ।

बजगाइँका छोरा लक्ष्मणले उनको खोजीका लागि आग्रह गरेका छन् । उनले भने-“परिवारलाई कुनै जानकारी नदिइकनै बिहीबार बिहानबाट कता जानु भयो थाहा छैन । आफन्तजनहरुकोमा जानुभएको छ कि भनेर खोजबिन गर्‍यौँ । कतै पत्तो नलागेपछि प्रहरी र शुभचिन्तकको सहयोगको अपेक्षा गरेका छौँ ।” विकासप्रेमी एवम् शिक्षासेवी बजगाइँलाई जान्नेबुझ्नेहरुले अहिलेसम्म ‘सत्रु’ नकमाएका असल छविका समाजसेवी रहेको बताउँछन् ।

फोटो:सामाजिक सञ्जाल