गाउँपालिका कार्यालयमाथि भएको आक्रमणको कार्यपालिकाद्वारा भर्त्सना (वक्तव्यसहित )

This News was posted on July 2, 18 2:59 pm

ललितपूर । ललितपुरको महांकाल गाउँपालिकाको कार्यालयमा सोमबार कांग्रेस जिल्ला सचिवद्वारा भएको तोडफोड र आक्रमणको गाउँ कार्यपालिकाले गम्भीर ध्यानाकर्षण जनाउंदै घोर भर्त्सना व्यक्त गरेको छ ।

घटना भएको केही समयमै विज्ञप्ति जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सार्वजनिक वक्तव्यमा  घिमिरेको उक्त क्रियाकलापले गाउँपालिका अध्यक्षको साथै सिंगो गाउँपालिकालाई नै स्तब्ध तुल्याएको भन्दै उक्त अमानवीय क्रियाकलापको लागि दोषीलाई हदैसम्मको कारवाहीको लागि आहवान गरिएको छ ।

Image may contain: text

सोमबार दिउँसो २:३५ बजेतिर घिमिरे कार्यालयमा प्रवेश गरी सामान्य प्रशासनिक विषयमा गाउँपालिका अध्यक्ष रामचन्द्र दहालमाथि अशिष्ट गालीगलौज प्रयोग गर्दै कार्यालयका टेबल,फर्निचर र सिसा तोडफोड गरेका थिए ।