गोदावरी नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता झरुवाराशीमा सम्पन्न

This News was posted on June 25, 18 1:09 am

सन्तोष दहाल 


ललितपुर, १० असार । विद्यार्थीहरुको अन्तरनिहीत भावनालाई प्रस्फुटन गर्ने र नेतृत्व क्षमता विकास गराउने उद्देश्यका साथ युवा सूचना केन्द्र झरुवारासी,दिगो युवा जागरण नेपाल र टुगेदर वी क्यान को संयुक्त आयोजनामा गोदावरी नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता वडा नं १३ झरुवारासीस्थित नवज्योति माविमा आइतबार सम्पन्न भएको छ । गोदावरी नगरपालिकाका नगर शिक्षा अधिकारी देवीलाल विष्टको प्रमुख आतिथ्यता रहेको प्रतियोगिताको विषय ‘प्रयोगात्मक शिक्षा आजको आवश्यकता’ रहेको थियो ।

युवा सोचना केन्द्रका अध्यक्ष सुवास घिमिरेको सभापतित्व रहेको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये लेलेस्थित अमर कान्ति माध्यमिक विद्यालयबाट सहभागी छात्रा दिलासा महतले प्रथम स्थान हासिल गरिन् भने बज्र एकेडेमीका छात्र दिपन्जन खनालले दित्तीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै नवज्योति माद्यामिक विद्यालयकी छात्रा कृतिका थापाले तृतीय स्थान हासिल गरिन् भने ज्योतिदय मावि,कन्चन मावि र एमर्याल्ड माविबाट सहभागी क्रमश : एलिजा रेग्मी,पूजा सत्याल र अन्जली देशारले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवीलाल विष्टले वक्तृत्वकला जस्ता कार्यक्रमले विद्यार्थीहरुको भावना बाहिर ल्याउन सकारात्मक सहयोग पुग्ने र उनीहरुको भविष्य निर्धारण गर्नमा थप बल अनि टेवा पुग्नेमा जोड दिएका थिए । त्यस्तै वर्तमान विज्ञान र प्रविधिको युगमा प्रयोगात्मक शिक्षा अति नै आवश्यक रहेकाले यस्ता सकारात्मक विषय उठान गरेकोमा उनले आयोजकलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । यसैगरी नवज्योति माध्यमिक विद्यालयका प्रधानाद्यापक हरिहर लामिछानेले पनि यस्ता स्तिरिकता क्रियाकलापमा नियमित रूपमा विद्यार्हीहरुलाई सहभागी गराउनु अत्यन्तै सराहनीय रहेको भन्दै कोरा किताबी ज्ञानले मात्र बालबालिकाहरुको भविष्य समुज्ज्वल बनाउन नसकिने जिकिर गरेका थिए । यस्तै कार्यक्रममा टुगेदर वी क्यानका नारायण थापा मगर, ज्योतिदय माविका प्रअ रामेश्वर देशारले पनि आ आफ्नो धारणा राखेका थिए भने कलाकारहरु ज्ञान बहादुर खड्का र विनोद कुँवरले हास्य व्यंग्य मनोरन्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

Image may contain: 4 people, including GyanGanga Sagar Khadka and Ramesh Chandra Ghimire, people smiling, people standing

प्रतियोगिताको लागि गोदावरी नगरपालिका, १३ नं वडा कार्यालय ,स्कुलर नेपाल,नवज्योति माध्यमिक विद्यालय,युवा कार्य नेपाल तथा लापा इँटा उद्योगबाट सयोग प्राप्त भएको हो । प्रतियोगिताका विजेतालाई प्रमाणपत्रसहित शैशिक सामग्रीहरु र मेडल प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Image may contain: 3 people, including GyanGanga Sagar Khadka, people standing and indoor

Image may contain: 2 people, people standing, people sitting and shoes

Image may contain: 4 people, people standing and indoor

Image may contain: 4 people, people standing, people sitting and indoor

Image may contain: 16 people, including GyanGanga Sagar Khadka and Ramesh Chandra Ghimire, people smiling, people standing and indoor

Image may contain: 1 person, standing

Image may contain: 2 people, people sitting

Image may contain: 2 people, people sitting, table and indoor

Image may contain: 2 people, including GyanGanga Sagar Khadka, people standing, shoes and indoor

Image may contain: 9 people, including Rita Sanjel, people smiling, people sitting and indoor