चापागाउँको टाहाखेलमा खेलकुद मैदानको शिलान्यास

This News was posted on May 13, 18 7:19 am

सन्तोष दाहाल


ललितपूर , ३० वैशाख । ललितपुरको गोदावरी नगरपालिका १० टाहाखेल स्थित पीपलडाँडामा मिनी खेलमैदान निर्माण हुने भएको छ। आइतबार नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र प्रदेश सांसद चेतनाथ संजेलको संयुक्त उपस्थितिमा खेलमैदानको शिलान्यास भएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद संजेलले देशमा राजनीतिक परिवर्तनका लागि सबै आन्दोलनहरुको अन्त्य भएको र अब बिकास र समृद्धिको बाटोमा अघि बढिसकेको बताए । जिल्लामा खेलकुदको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यसका पूर्वाधार विकासका लागि आफूले सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । खेलकुदको विषयमा आफूले धेरै कुरा सिक्न बाँकी नै रहेको बताउँदै उनले खेलाडी र जनप्रतिनिधिहरुबीच समन्वय र सहकार्य गरी अगाडी बढ्ने उनको भनाई रहेको थियो।

फोटो भिडियो – नवराज तिमल्सिनाको फेसबुकबाट

Posted by Nabaraj Timalsina on Saturday, May 12, 2018