चुनावमा वडाध्यक्षमाथि हातपात गर्ने घिमिरेद्वारा गाउँपालिका कार्यालय तोडफोड

This News was posted on July 2, 18 12:49 pm

सन्तोष दहाल


ललितपूर । नेपाली कांग्रेस ललितपूर जिल्ला कमिटिका सचिव भिमसेन घिमिरेले महांकाल गाउँपालिकाको कार्यालय गोटिखेलमा तोडफोड गरेका छन् । सोमबार दिउँसो सनराइज बैंकको प्रतिलिपि माग्न गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालसमक्ष पुगेका घिमिरेले प्रतिलिपि नपाएपछि कार्यालयमा रहेको कुर्सीहरू फाल्ने र झ्यालका सिसा फुटाउने अमानवीय कृत्य गरेको गाउँपालिका स्रोतले बताएको छ ।No automatic alt text available.

तोडफोडबाट कार्यालयको टेबल,कुर्सी र सिसामा सामान्य क्षति भएको छ । प्रतिनिधि तथा प्रदेशसभा चुनावको मौन अवधिको समयमा पनि घिमिरेले वडा नं. ३ गोटिखेलका वडाध्यक्ष गंगाराम तिमल्सिनामाथि हातपात गरेका थिए । स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र दाहालकै प्रतिद्वन्दी रहेका घिमिरेको यस्तो कार्यले सिंगो पार्टीको मर्यादा र  गरिमामाथि नै प्रश्नचिह्न खडा  भएको छ ।