चेतना -कविता

This News was posted on March 21, 18 1:34 pm

सरस्वती घिमिरे


आम्मै !
एउटा अनौठो यात्रा
मेरो मौनता
जमात ठुलैै भिडको थियो
म देश भक्त हुँ भन्नेको

अनि भागबण्डा थियो
म उभिएको भुमिको
त्यसैमा ताती थिए
समाज सेवीको
त्यसमै लुछाचुडी थियो मेरो प्रकृतिको।

 

अचम्म !
कुरा कति मिठो
यो जमातको
कुरा बिचमा छ
भागबण्डाको
पद र पैसाको

 

ओहो !
अनि कुरा कहिले स्वाभिमानको
अनि सिमा छेउमै मिचिएको मेरो पाटोको

 

मेरो प्रश्न
उत्तर यही जमातको
यतिबेला नदुखेको छाति
यतिबेला नबोलेको ओठ
यतिबेला ननस्किकेको आवाज़
रातारात सिमानामा खम्बा सारिदा नगरिएको खबरदार्

 

अनि
म मान्छे
अभागी मानछे
भाग्य र भबिष्य हेर्नेले
शुभ र अशुभको साईत निकाल्न सकेन
र मेरो भुमिमा
बिदेसी खालटो खनिये

 

मेरो पुकार
त्यही जमातलाई
तिम्रो भागबण्डा
तिम्रो समाजसेवा
तिम्रो देशभक्ति
तिम्रो सङघर्ष
तिम्रो लडाई सब
केका लागि
एक पटक सोच त
सम्झाएर सम्झिन्छ
पखालेर पखालिन्छ
त्सैले म भन्छु
मेरो खोसिएको
माटो फिर्ता देउन
साईला दाई……..