जन जागृति माविको पूर्व विद्याथी समाज गठन

This News was posted on July 21, 18 2:49 pm

ललितपुर । बागमती गाउँपालिका ५, इकुडोलमा अवस्थित श्री जन जागृति माध्यमिक विद्यालायबाट हालसम्म एसएलसी, प्लस टु र एसइई दिएर विभिन्न पेसा र कर्ममा आबद्ध रहेका पूर्व विद्यार्थीहरुको वृहत भेला चापागाउँको जनभावना क्याम्पसमा सम्पन्न भएको छ । शनिबार बिहान विद्यालयका प्रधानाध्यापक हरिनन्द घिमिरेको उपस्थितिमा बसेको बेलाले मच्छिन्द्र संजेलको अध्यक्ष्यतामा नयाँ जन जागृति पूर्व विद्यार्थी समाजको समेत गठन गरेको छ ।
गठन भएको नयाँ कार्यसमितिमा प्रविण थापा मगर उपाध्यक्ष, नवराज संजेल सचिव, अशोक थापा कोषाध्यक्ष र पार्वती हुमागाईं सहसचिव रहेका छन् । त्यस्तै प्रत्येक ब्याचको प्रतिनिधिको रूपमा माधव प्रसाद घिमिरे (सल्लाहकार ) भिमसेन घिमिरे (सल्लाहकार ) रहेका छन् भने नारायणदत्त घिमिरे ,राजेन्द्र दाहाल, शेषानन्द सन्जेल, बिनोद बजगाइँ ,सिता घिमिरे ,सन्तोष दाहाल ,सुरेन्द्र घिमिरे ,बाबुलाल लामा, रविन घिमिरे , सुजन घिमिरे, ,विकलाल भुलुन शुभद्रा घिमिरे सल्लाहकार रहेका छन् । उपस्थित नभएका अन्य साथीहरुलाई पनि समन्वय गरी सहभागी गराईने शिक्षक तथा संचारकर्मी नवराज संजेलले बताउनुभयो ।

भेला कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक हरिनन्द घिमिरेले जन जागृतिले उत्पादन गरेका विद्यार्थीहरु सबै विभिन्न महत्वपुर्ण स्थानमा पहिचान स्थापित गर्न सफल भएको हुँदा विद्यालय परिवारले गर्व महसुस गरेको बताउनुभयो । जन जागृतिकै विद्यार्थीहरु अहिले डाक्टर, इन्जिनियर, शिक्षक , पत्रकार, सरकारी नोकरी तथा व्यवसायी क्षेत्रमा रहनु खुसीको कुरो रहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । साथै उहाँले जन जागृतिले यस्ता विद्यार्थी उत्पादन गर्नका लागि विद्यालय स्थापना गरी दिगो रूपमा स्थापित गराईराख्न अहम भूमिका खेल्ने संस्थापक शेषानन्द शर्मा घिमिरे तथा तत्कालीन इकुडोल गाविसका गाविस अध्यक्ष गोपाल संजेललाई बिर्सन नहुने बताउनुभएको थियो । उतिबेलाको अति नै कठिन परिस्थितिमा यातायात, संचारको सुविधा नहुँदा पनि गोपाल संजेलजस्तो मान्छे जनप्रतिनिधि नचुनिएको भए अहिले जन जागृति भनेर गर्व गर्न पाउने स्थिति नबन्ने प्रधानाध्यापक घिमिरेको जिकिर रहेको थियो ।

Image may contain: 4 people, including Harinanda Ghimire, Rom Ghimire and Machchhindra Sanjel, people sitting

त्यस्तै संचारकर्मी नवराज संजेलले जन जागृतिका पूर्व विद्यार्थीहरुले आगामी दिनहरुमा विद्यालयको सर्वोपरी हितका लागि सदैव सोच्नुपर्ने बताउनुभएको छ । भेलामा २०५३ देखि २०७४ सम्मका धेरै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।