‘तिमीलाई खुसी दिन’ मा सूर्य श्रेष्ठको निर्देशन(भिडियोसहित)

This News was posted on August 15, 18 1:40 pm

सन्तोष दहाल । सूर्य श्रेष्ठको प्रस्तुतिमा रहेको नयाँ आधुनिक गीत तिमीलाई खुसी दिन को म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्जु पन्तको स्वर रहेको उक्त मार्मिक गीतमा सनम राईको संगीत, केबी भण्डारीको एरेन्ज श्रीया थापाको लिरिक्स रहेको छ ।

बुधबार हाईलाइट्स नेपालमार्फत रिलिज भएको म्युजिक भिडियोलाई प्रस्तुतकर्ता सूर्य श्रेष्ठले नै निर्देशन गरेका छन् । स्याडो क्रियसन प्रालिले पोस्ट प्रोडक्सन गरेको यो गीतमा मनोज सुवेदीको छायांकन, प्रदीप दाहालको सम्पादन रहेको छ । भिडियोलाई सूर्य श्रेष्ठले नै निर्देशन गरेका हुन् भने कृष्ण र अनिशाको जीवन्त अभिनय देख्न सकिन्छ ।

माया प्रेममा विछोड भएका जोडीलाई लक्षित गरी निर्माण गरिएको यो गीतले थुप्रै दर्शक श्रोताहरुको मन जित्नेमा आफू विश्वस्त रहेको निर्देशक श्रेष्ठले बताएका छन् ।

भिडियो हेर्नुहोस…………