धानको न्यूनतम मूल्य सिफारिस

This News was posted on July 24, 18 11:32 am

ललितपुर । ०७५ साउन ८ गते

रमेशप्रसाद तिमल्सिना

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले साउन ८ गते धानको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ । मन्त्रालयले अहिले रोपिएको धान बालीका लागि प्रतिक्विन्टल मोटो धानको २ हजार ३ सय ३१ रुपिया २२ पैसा र मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपिया ५७ पैसा तोकेको हो ।

०७५ जेठ १८ गते कृषि र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबीच बसेको बैठकले एक साताभित्र धानको न्यूनतम समर्थन मूल्यका सम्बन्धमा सिफासिर गर्न समिति गठन गरेको थियो ।

धानको उत्पादन, बजार व्यवस्था, प्रचलित मूल्य लगायतको विश्लेषण गरी उक्त समितिले पेस गरेको प्रतिवेदनको आधारमा मन्त्रालयले नयाँ मूल्य सिफारिस गरेको हो ।

बाली लगाउनु भन्दा ६ महिनाअघिनै न्यूनतम समर्थन मूल्यन तोक्ने अभ्यास रहेको छ । न्यूनतम समर्थन मूल्यको अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुनेछ ।

यस्तै कृषि मन्त्रालयले आजनै न्यूनतम समर्थन मूल्य कार्याव्यनका सम्बन्धमा अध्ययन गरी समष्टिगत योजना बनाउन कार्यदल बनाउने निर्णय गरेको छ ।