नवराज सिलवाल कुन तहका अपराधी हुन्,जसलाई समात्न इन्टरपाेल गुहार्नुपर्यो ?

This News was posted on January 27, 18 12:26 pm

मिठाराम केसी


काठमाडौँ ,१३ माघ । नेपालका कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाज्यु,तपाईं कस्तो नेता,तपाईंको पार्टी कस्तो,तपाईं कुन देशका काेकाे मान्छेको इशारामा चल्नु हुन्छ, तपाईंमा इज्जत,इमानदारिता र शिष्टता भन्ने चिजकाे अलिकति बिउ पनि रहेनछ, यो त सारा जनताले बुझे।अब हाम्रो संगठन तपाईं संग याे जान्न चाहन्छ,जवाफ दिनुस् । ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित माननीय सांसद नवराज सिलवाल देशद्राेही,अातङ्कवादी,ज्यानमारा,भ्रष्टाचारी,डकैती,देशबेचुवा,जस्ता, त्रिपाल बेचुवा अर्थात कुन तहका अपराधी हुन् ? जसलाई पक्राउ गर्न इन्टरपाेल सम्म गुहार्याै।

तिम्रा अाँखाले दुनियाँ यतिसम्म बुद्धु देख्यो कि परिक्षा दिने परिक्षार्थीले अाफ्नाे रिजल्ट अाफै बनाउँछ,नवराज सिल्वाल रिक्त प्रमनि पदका याेग्य र काविल ब्यक्ति थिए, नियुक्ति गरि पाउँ भनेर निवेदन दिए निवेदन माथि छलफल गर्ने, कासमु तयार पार्ने,अंक दिने,पेश गर्ने सबै काम निवेदककाे हो ? अनि राष्ट्रकाे सुरक्षा दिन्छौं भन्ने संस्थाले एउटा निवेदककाे गाेप्य कागजकाे सुरक्षा गर्न सकेन नवराज सिल्वालले अंक बढाएर पेश गर्न सके?एक ठाउँमा बुझाएको फाइल किर्ते भएछ रे, अर्को निकायमा फाइल छैन,सबै निकायका सबै फाइलमा अंक बढाउन भ्याए नवराजले? लाज लाग्दैन शेरबहादुर महाेदय तपाईंलाई ? अनि लाज लाग्दैन शेरबहादुरका कठपुतली बहालवाला अाइजी साहेव र अाँखामा कालो चस्मा लगाएर सेताे फाइल हेर्ने प्रधानन्यायाधीश महाेदय ?

अाेरालाे लागेकाे मृगलाई बाछाले खेदे झैं घेरा हालेर खेदेका थियौ, त्यसरी खेदिएकाे मान्छेले साराका सारा फाइल किर्ते गर्ने काम कसरी सम्भव थियो ? ति सब किर्ते गराउने काम देउवा सरकार र नवराज बिराेधीलाई त्यतिबेला सम्भव भयो जति बेला नवराज सिल्वाल जनताको घर दैलाेमा भाेट माग्दै र बिजयी भैसकेका थिए।यदि किर्ते उनले गरेको भए दाबी बिराेधकाे समय किन चुप बस्याै,किन उम्मेदवारी खारेज गराएनाै? शक्तिमा त अाफैं थियौ ।अझै सिधा बुझ्ने हो भने किर्ते फाइल माथि किन त्यति लामो अवधि छलफल चलायाै ?

किन त्यतिबलै कारबाही गरेनाै सर्वाेच्चमा मुद्दा हाल्ने सम्मकाे माैका कसरी पाए नवराजले ? त्यतिबेला उनी डिअाईजी थिए,अाईजी मागे।देशीविदेशी शक्ति सम्म लाग्यौ अाईजी हुन दिएनौ। जागिर खान्न भने, राजिनामा दिए।स्वीकृत गर्यौ पब्लिक भए, त्यसै दिनबाट त्यो अध्याय समाप्त !अब उनी पूर्व डिअाईजी मात्र होइन, जननिर्वाचित सांसद हुन्।

वाईयात हल्ला पिटाएर भ्रम छर्ने काम नगर, अब जनतालाई नवराज सिल्वालकाे जागिरे जीवनकाे होइन,अब हाम्रो पक्षमा बाेल्छन् कि बाेल्दैनन् , हाम्रो गाउँ,क्षेत्र,जिल्ला र देश बिकास गर्नेछन् कि गर्दैनन् भन्ने मात्रै चासो छ। अन्तमा:बिदेशीकाे इशारामा एक निर्दाेष ब्यक्ति बिरुद्ध सिंगो राज्य शक्तिकाे दुरुपयोग नगर, दाेषी छन् भने नयाँ जनादेश प्राप्त सरकार बन्छ,छानबिन गर्छ,दाेषी प्रमाणिात भए कारबाही गर्छ। होइन अझै पनि सिंगौरी खेल्छौभने,हामी पनि मुखमा बुझाे र हातमा दही जमाएर बस्ने छैनौं,देशभरका भूपू सैनिक/ प्रहरीहरु अन्याय बिरुद्ध उत्रने छौं,यो हाम्रो चेतावनी हो ।

केसी नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन,केन्द्रीय समितिका महासचिव/प्रचार विभाग प्रमुख हुन् ।