नारी चेतना( कविता )

This News was posted on May 24, 18 3:13 am

सुजिता पौडेल


छिटो उठ नारीहरु बिहानी भैसक्यो
अन्धकार हटि उज्यालो छाईसक्यो
हामि धेरै अल्छिबनि अब सुत्न हुन्न है
छाडि गुन्द्री उठौं अब रवि किरन छाईसक्यो
अन्धकार हटिसक्यो सुत्ने बेला गैसक्यो
खोल आँखा दिदी बहिनी दुखी युग गैसक्यो
कत्ति देशका नारीहरु पुगिसके चन्द्रमामा
हामीपनि आगडि बढौं नपरौ है भ्रममा
देश बनाउने जिम्मेवारी हामी माथी आईसक्यो
समृद्ध र बिकासको गर्न निर्माणकाल आईसक्यो
चुलो चौको मात्र गर्ने दिन अव गैसक्यो
खोल आँखा दिदी बहिनी दुखी युग गैसक्यो
अज्ञान लाई मिल्काएर ज्ञानको दिप बालौ है
सञ्सारको नारी भन्दा पछि पर्न हुन्न है
गुन्जीयोस गरिबको झुपडीमा बिकासको आवाज
हाम्रो चमत्कार देखाउने दिन आइसक्यो आज
कतिन्जेल हेपिन्छौ कतिन्जेल हुन्छौ हामी फुट
देशले काँचुली फेरिसक्यो अब त नारीहरु उठ ।