परदेशी अमृत घर नआउँदा मालतीलाई गाउँघर शुन्य(भिडियो)

This News was posted on October 10, 18 3:05 pm

सन्तोष दहाल


काठमाडौँ । भारती पिक्चर्स प्रालिको प्रस्तुतिमा राज गिरीको यस वर्षको नयाँ दशैँ सम्बन्धी मार्मिक गीत मालती डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा दुख गरी चाडबाडमा घर फर्कन नपाएका नेपालीहरुको यथार्थ पीडामा आधारित रहेको यस गीतमा अमृत भारती र दिया पुरीको आवाज रहेको छ ।

अमृत भारतीकै लय तथा लय संगीत रहेको उक्त गीतलाई दीपकराज विश्वकर्माले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा राज गिरी, वर्षा चौलागाईंको जीवन्त अभिनय देख्न सकिन्छ जसलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन र प्रवेश पोखरेलले छायांकन गरेका हुन् । दृश्य निर्माण भने खुलदुली मिडियाको रहेको छ ।

भिडियो हेर्नुहोस