पहिला मृत्युको खबर, पछि सहायक रथी

This News was posted on April 11, 18 5:00 am

काठमाडौँ । गत १५ जेठ साँझ अचानक माधवप्रसाद घिमिरेको मृत्यु भएको हल्ला फैलियो । उनलाई श्रद्धाञ्जली दिन धेरैले हतार गरे । श्रद्धाञ्जली दिनेको ताँतीले सामाजिक सञ्जालका भित्ता भरिए । लैनचौरस्थित उनको घरमा मात्र होइन, नजिकैको प्रहरी बिटमा पनि फोनको घन्टी बजिरह्यो । कतिपय राति नै राष्ट्रकविको निवास पुगे ।

त्यतिवेला रातको १० बजिसकेको थियो । घिमिरे भने सुतिसकेका थिए । आफ्नो मृत्युको खबर फैलिएको ९९ वर्षीय घिमिरेले भोलिपल्ट बिहान मात्र थाहा पाए । ‘मैले त नमरी मृत्युको अनुभव गर्न पाएँ, महाकाव्य पूरा नगरी मर्दिनँ भन्ने लागेको छ,’ भोलिपल्ट भेट्न जानेलाई उनले जवाफ दिएका थिए ।

घिमिरे लामो समयदेखि ‘ऋतम्भरा’ महाकाव्य लेखिरहेका छन् । वर्षको अन्त्यतिर पनि उनी चर्चामा आए । सेनाले गत २ फागुनमा घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दियो । सैनिक पोसाकको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा त्यो उनलाई नसुहाएको भनेर आलोचना भयो ।

स्रोत : http://www.enayapatrika.com/