बागमती गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

This News was posted on June 15, 18 4:17 am

ललितपुर,३१ जेठ । बागमती गाउँ पालिका को सेवा प्रवाह सार्वजनिक तथा चासोको विषयमा स्थानीय बासिन्दाहरुलाइ जानकारी दिनुका साथै सुझाव संकलनका लागि बिहीबार पालिकाको अायोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम अायोजना सम्पन्न गरेको छ । गाउँपालिका प्रमुख वीर बहादुर लोप्चान सभापति रहेको कार्यक्रममा उपप्रमुख रन्जना घिमिरेले स्वाग मन्त्वय राखेकी थिईन ।

कार्यक्रममा गाउँपालिका भित्रका सातै वडाका अध्यक्षहरु जगत ब लो ,विजय लो ,बिष्णु तिमल्सिना , नारायण बा घले, साजन दर्लामि मगर , लालबहादुर भोम्जन ,नवराज सञ्जेलसहित बागमती गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु दुर्गा प्रसाद घिमेरे, दक्षिण ललितपुर दुध सहकारी तथा कफी ब्यवसाई कमल बल, शिक्षक महासंघ बागमती सयोजक दुधराज जिम्वा, ईलाका प्रहरी कार्यलयका भटेडाँडाका प्रमुख नेपाल पत्रका महासंघका ललितपुर तामाङ पत्रका संघ ललितपुर तथा तामाङ डाजाङका केन्द्रीय महासचिव प्रकाश थिङ, जिल्ला कोषअध्यक्ष रामहरि कार्की सलफ नेपाल का प्रतिनिधि छोर्गे युवा क्लब अध्यक्ष कृष्ण घलान वडा सदस्य रामकुमार थिङ र विभि संघसंस्था प्रतिनिधी र स्थानीय सरोकारवालाहरुको बाक्लो सहभागीता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख समस्य भुकम्प प्रभावितहरुको समस्या, कृषि अनुदान प्रभावकारीता ,खानेपानी योजना, मोटबाटो, पर्यटन, बालुवा अनियमितता तथा तस्करी , मालपोत कर , गुम्बा छयोर्तेन, मठ मन्दिर, देविदेउताको संरक्षण अन्य विभिन्न योजना कार्यान्वयनलाई लिएर प्रश्न गरेका थिए ।सुनुवाइ कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख वीर बा लोप्चानले जनतालाई प्रभावकारी र सहि सुचना दिन स्थानीय रेडियोको बारेमा छलफल भईरहेको र पहाडी भएकोले खानेपानी समस्याको दीर्घकालीन समाधानको लागि एक घर एक धारा अवधारणा थाल्ने र मोटर बाटो लाई पनि पहिलो प्राथमिक्तामा राखेर विभिन्न परियोजना लाई सहयोग गर्न तयार रहेको त्यसका लागि हाल संचालन मा रहेको योजनाहरु अधुरो रहन दिन नहुने तर्क गरेका थिए ।

अन्य वन ,स्वास्थ ,नापी ,शिक्षा मालपोत सरसफाइ उद्योग दर्ता सहकारी ढुङ्गा बालुवा अनियमित बारेमा जस्ता विषयगत समस्यको सम्बोधन कार्यल प्रमुख ले सरोकारवालाहरुको प्रश्नन को उतर दिएका छन् । साथै कार्यक्रममा ईसिडीका स्वयमसेबक शिक्षिकाहरुलाइ प्रोत्साहान  भत्तास्वरूप  ३५ जनालाई  नगदसहित सम्मान गरिएको थियो ।