मनोज सुवेदीको निर्देशन र अन्जु पन्तको स्वरमा तिम्रो न्यानो अङ्गालोमा ( भिडियोसहित)

This News was posted on February 9, 19 1:40 am

सन्तोष दहाल, काठमाडौं । नेपाली सुगम सङ्गीतको क्षेत्रमा दिन प्रतिदिन नयाँ सिर्जनाहरु बजारमा आउने क्रम जारी छ । दर्शक श्रोता र चाहना र रोजाईबमोजिम नै स्रस्टा कलाकारहरुले विभिन्न विषयवस्तुलाई आधार बनाएर आफ्ना प्रस्तुतिहरु पस्कने गर्छन।

यसै क्रममा स्याडो क्रियसन प्रालिको पोस्ट प्रोडक्सन र बसन्ती लामाको प्रस्तुतिमा अन्जु पन्तको स्वर रहेको नयाँ गीत तिम्रो न्यानो अङ्गालोमा म्युजिक भिडियोसहित डिजिटल बजारमा सार्वजनिक भएको छ । निश्चल कल्पनाको लिरिक्स रहेको यो गीतमा केबी भण्डारीको सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोलाइ मनोज सुबेदीले निर्देशन तथा सम्पादन गरेका हुन् जसमा महिमा लामा र दीपेश कार्कीले जीवन्त अभिनय गरेका छन्।

म्युजिक भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने यश भिडियोलाई हाईलाइट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत डिजिटल बजारमा पठाईएको छ । माया प्रेमका शब्द र भावहरुलाई गीतको अडियो र भिडियोमार्फत जस्ताको तस्तै उतारिएको भन्दै यसले दर्शक श्रोताको मन जित्नेमा आफू ढुक्क रहेको कुरा निर्देशक मनोज सुबेदीले बताए।

भिडियो हेर्नुहोस