मन्दिर जुन फेरि बनेन !

This News was posted on May 11, 19 10:49 pm

सर्वेशराज शर्मा

काठमाडौँ । वैशाख २८ गते

नेपालको राजधानी काठमाण्डौंलाई मठ मन्दिरहरुको सहरको रुपमा चिनिन्छ । यो क्षेत्रमा रहेका ७ साँस्कृतिक सम्पदाहरुलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । ती ७ सम्पदाहरु यस प्रकार छन्ः


१. काठमाण्डौं दरवार क्षेत्र
२. भक्तपुर दरवार क्षेत्र
३. पाटन दरवार क्षेत्र
४. स्वयम्भुनाथ मन्दिर
५. पशुपतिनाथ मन्दिर
६. बौद्धनाथ मन्दिर
७. चाँगुनारायण मन्दिर

यसरी विश्वमा चिनिएको सम्पदाहरुले कालान्तरमा धेरै उताड चढावहरु सहेर आज सम्मको यात्रा तय गरेको छ । यसै क्रममा भक्तपुर दरवार क्षेत्रमा एउटा मन्दिर रहेको थियो जुन वि. सं. १९९० सालको भुकम्पले भत्कियो र फेरी बन्न सकेन । भक्तपुर दरवार क्षेत्रको उत्तरीपुर्व भागमा अवस्थित त्यस मन्दिरलाई स्थानीय भाषामा लाँपाँ द्यो अर्थात बाटो छेक्ने मन्दिर भनिन्छ । यो मन्दिरमा भगवान विष्णु र महादेवको संयुक्त रुप हरिहरको मुर्ति स्थापित थियो । यो मन्दिरको स्थापना जगत प्रकाश मल्लले गराएका हुन् । यो मन्दिरको ३ तल्ला थियो भने संरचना प्यागोडा शैलीको थियो । हाल यस मन्दिर रहेको स्थानमा केवल २ वटा ढुङ्गाका सिंहहरु भग्नावषेशसका रुपमा यथा स्थानमा बाँकि रहेका छन् । यी सिंहहरु यस मन्दिरका द्वारपालहरु हुन् ।

भुकम्प पछि यस मन्दिरमा रहेको मुर्ति तथा अन्य भग्नावषेशहरु कुनै संग्राहलयमा राखियो भने कुनै अन्यत्र सारियो र धेरै जसो नष्ट भयो । यस मन्दिरको दोस्रो तहमा रहेको अर्को द्वारपालका रुपमा २ शक्तिशाली भगवानकै मुर्तिहरु रहेको थियो जुन भुकम्पका कारण दरवार क्षेत्रबाट २०० मि. उत्तरपुर्वी भागमा अवस्थित जगन्नथको मन्दिरमा स्थानन्तरण गरिएको थियो । हाल यी द्वारपालहरु मध्ये १ मुर्ति चोरी भई १ मात्र मुर्ति सो स्थानमा अस्तित्वमा छ ।

यो मन्दिर न त्यो बेला बन्न सक्यो न त अहिले नै !

नेपाल अब प्रादेशिक संरचनामा गएर जनप्रतिनिधीहरुको कार्यकाल सुरु भइसकेको हुँदा यस्ता ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको पुनः निर्माण गर्नु पर्दच । यसले पर्यटन ब्यवसायलाई फाइदा गर्नुका साथै नेपाललाई संसारमा अझ चिनाउन सहयोग गर्ने पक्का छ । प्रदेश नं ३ मा रहेका यति धेरै विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुलाई ब्यवस्थीत गर्न पुरातत्व विभाग मात्र काफि छैन । प्रदेश ३ सरकारले यसको लागि छुट्टै मन्त्रालयको ब्यवस्था गर्न जरुरी छ । अन्यप्रदेशको दाँजोमा प्रदेश ३ अन्तर्गत काठमाण्डौं, भक्तपुर र ललितपुरमा रहेका सम्पदाहरुको उचित संरक्षण र संवर्धन गर्नु पनि नयाँ निर्वाचित जनप्रतिनिधीहरुको दायित्व हो । प्रदेश नं ३ मा सम्पदा सम्पन्न क्षेत्र संरक्षण गर्न सके मात्र यो स्थानको दिर्घकालिन विकाश होला ।
नत्र न मन्दिर नै बन्नेछ, न विकाश नै हुने छ ।