ममताको पहिलो उपन्यास सार्वजनिक

This News was posted on December 19, 18 4:05 am

ललितपुर । ०७५ पुस ४ गते

ममता पन्त मिश्रको पहिलो उपन्यास ‘अ न्यु डन’ (नयाँ बिहानी) बज्र पब्लिकेशनले हालै प्रकाशन गरेको छ । अङ्ग्रेजी भाषामा लेखिएको यो उपन्यास सबै बर्गका पाठकहरुलाई केन्द्रित गरेर लेखिएको छ लेखिका मिश्रले बताइन् । अङ्ग्रेजी भाषाका सरल शब्दहरुको प्रयोग गरी लेखिएको कथा ‘अ न्यु डन’ मा माया, प्रेम, घृणा, बदला र क्षमा जस्ता सबै मानवीय भावनाहरु समेटिएको छ ।

कथाको मुख्य विषायबारे जानकारी दिँदै मिश्रले भनिन्-‘जीवन सधैँ फूलै फूलको डाली हैन, जीवनमा उतार चडाब भइ नै रहन्छ । कथाको मुख्य पात्र जाराले १५-१६ वर्षको उमेरमा गरेको सानो गल्तीले जीवनमा ठुलो तुफान ल्याउँछ ।’

पारिवारिक तथा  सामाजिक परिवेशमा आधारित काल्पनिक कथामा मुख्यत अष्ट्रेलिया र नेपालका विभिन्न परिवेशलाई उतार्ने प्रयास गरिएको छ ।

अष्ट्रेलियामा बसोबास गर्दै आएकी मिश्रले हालै नेपाल आएका बखत उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । साहित्यमा कलम चलाउने मिश्रले अब चाँडै नै कविता लिएर पाठक माझ आउने सोच बनाएको बताएकी छन् ।