मानवअधिकारवादी कृष्ण पहाडीसहित ३१ जना पक्राउ

This News was posted on July 14, 18 8:50 am

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनसनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् । यसैबीच चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अामरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै उनको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन काठमाडौैमा बृहत् प्रदर्शन भएको छ।
माइतीघर मण्डलामा सुरु भएको प्रदर्शन बानेश्वर पुगेको छ। डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्‍यालीमा साथ दिए। सर्वसाधारणसमेतको सहभागिता छ।