युनाइटेड स्कुलको बस झरुवारासीमा दुर्घटना

This News was posted on March 15, 18 3:39 am

सन्तोष दाहाल,ललितपूर। बिहीबार बिहानै सातदोबाटोस्थित युनाइटेड स्कुलको स्कुल बस गोदावरी नगरपालिका १३,झरुवारासीमा दुर्घटनामा परेको छ । बिहान विद्यार्थी लिन आउने क्रममा सोल्टीमोडमा सडकबाट मुनि खेतमा खसेर बस कोल्टो परेको हो ।

विद्यार्थी लिन आउने क्रममा बस खाली रहेकोले मानवीय क्षति भने हुन पाएन । सहचालकले गाडी चलाइरहेको अवस्थामा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । चालक र सहचालक दुवै  सकुशल छन् ।