ललितपुरको प्युटारमा ७ वर्षीय बालिका बलात्कृत, अारोपित प्रहरीको नियन्त्रणमा

This News was posted on March 20, 18 1:39 am

सन्तोष दहाल, ललितपुर।


बागमती गाउँपालिका ४, प्युटारस्थित खयरघारीमा सोमबार स्थानीय ७ वर्षीय बालिका स्थानीय युवकबाटै बलात्कारको सिकार भएकी छिन्। गाउँकै २५ वर्षीय कृष्णबहादुर बम्जनले आफ्नो घरबाट २५ मिनेटको दुरीमा घर भएकी बालिकालाई खेलिरहेको अवस्थामा ललाईफकाई गरी जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् ।

घटनाबाट घाइते भएकी बालिकालाई सोमबारै थापाथली अस्पतालमा उपचारको लागि लगिएको थियो । हाल उनी सामान्य उपचारपश्चात घर फर्किएकी स्थानीय सन्तोष लामाले मानव आवाजलाई बताए। घटनापछि भागेका बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएर चापागाउँस्थित प्रहरी चौकीमा ल्याई अनुसन्धान अघि बढाईरहेको छ।

बम्जनले बालिकालाई करणी गरिरहेको अवस्थामा जंगलमा घाँस काट्न गएका गाउँलेहरुले थाहा पाएर गाउँमा खबर गरेपछि घटना बाहिर आएको लामाले बताए । पीडितका आफन्त एबम स्थानीयले दोषीउपर कडा कारवाहीको माग गरेका छन् ।