वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत ५० हजार घुससहित पक्राउ

This News was posted on June 14, 18 2:02 pm

काठमाडौं । वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत रामप्रसाद ढुंगानालाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेका छन्।

ढुंगानालाई अख्तियारको टोलीले वैदेशिक रोजगार विभागको मिटिङ हलमा रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।ढुंगानाले म्यानपावरको विज्ञापन छपाइमा मापदण्ड पूरा नभएको भन्दै सेवाग्राहीसँग पैसा मागेका हुन्।

वैदेशिक रोजगारीमा रहेको सिण्डिकेटको समेत अन्त्य गर्दै व्यवसायीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको सरकारले आफ्नै कर्मचारीलाई घुस खान रोक्न सकेको छैन ।