‘सपना थियो’-कविता

This News was posted on June 5, 18 4:23 pm

रिता सञ्जेल


सपना थियो’
बोल्दा सुन्न चाहन्थ्यो
देख्दा बाटो मोडिन्थ्यो
आपसी हर सवालमा
सजिलै तर्क बदलिन्थ्यो
सायद त्यही माया थियो।
छुट्टीएपछि एकपल हुन्न्थ्यो
विना याद नछट्पटिएको
फेरि पनि कोशिश हुन्नथ्यो
एकले अर्कालाई मायको
आभाष नजिकबाट दिनुको
सायद त्यही माया थियो।
चाहना एकले अर्कोको
हर मनपर्ने नपर्ने कुरा बुझेर
व्यबहारमा वास्ता गरिन्थ्यो
फेरि पनि बोल्दा झगडा गरिन्थ्यो
सायद त्यही माया थियो।
एकले अर्कोको तारिफमा सबै भुलेर
अरुसंग लुकिछिपी वेलि बिस्तार गरिन्थ्यो
फेरि भेटेर बोल्दा प्रेमिल भाव लुकाइन्थ्यो
सायद त्यही माया थियो।
उनकै बाटो हिंड्ने चाहना हुन्थ्यो
उनि बसेकै ठाउँ छेउ बस्न हतास हुन्थ्यो
उनकै सासले अक्सिजन दिएझै लाग्थ्यो
उनकै स्पर्शले शरीरमा शक्ति मिलेझैं थ्यो
सायद यहि माया थियो।
दिमाग अनि मनमा उनको तस्बिर
बानी,बनी चाहनाको एक अटल घरथ्यो
न चाहेरै छाउने उनको घमण्ड मिसिएको मायालु आभाष
न बिर्सन सकिन्थ्यो न अंगाल्न सकिन्थ्यो
सायद त्यही माया थियो।
उनलाई म,मलाई उनिसंग खै कस्तो शक्तिले बाँधेथ्यो
अव्यक्त हाम्रो मायाले मौलाएर निलो आकाश छुनै लाग्दा
अधेरी हटाएर खुशी छर्न आउने सुर्यका सुनौला किरण
मलाई झ्यालको बाटो गरि ब्युझाएर बिथोल्न आइपुग्यो
खुशी खुशी सुसज्जित यादहरुले याद दिलायो
यो सबै जिन्दगी जिउँदै गर्दाको दौरानमा सङगालिएका
चेत अचेत मन मस्तिष्कमा सजिएका सबै घटना
आज एक रातको स्मरणीय सपना जो थियो
सायद यहि माया थियो।