सय वर्षमा लागे सत्यमोहन ! (फोटोफिचर)

This News was posted on May 13, 19 10:56 pm
ललितपुर । ३० वैशाख
 सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार जन्मशताब्दी महोत्सव आयोजना गर्‍यो । उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगरपालिका पुगेर सभामा परिणत भयो। कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायत कार्यक्रम उपस्थित थिए। जोशीलाई सय वर्षको शुभकामना दिनेहरू बिहानै उनको निवास पुगेका थिए। ऊर्जामन्त्री गोकर्ण बिष्टले घरैमा पुगेर शुभकामना दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश पठाएकी थिइन्।ललितपुर मेयर चिरिबाबु महर्जनको अगुवाइमा जोशीलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइएको थियो।