सिप्रदीको ‘आफ्नो गाडी आफै सवारी’ अभियान

This News was posted on August 6, 18 4:47 am

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग ले ‘आफ्नो गाडी आफै सवारी’ नामक ब्यबसायिक अभियान सुरु गरेको छ । सो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवा प्रति लक्षित छ ।

यस अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकले निशुल्क ड्राइभिंग तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा पाउनेछन । सो अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरुको बैदेशिक रोजगारीका लागि बिदेसीनु पर्ने बाध्यतालाई कम गर्ने कम्पनीको दावी छ ।

 

पत्रकार रबि लामिछानले सो अभियानको बारेमा लक्षित समूहलाई जागरुक गराउने गरि सो अभियानमा २ वर्षका लागि जोडिएका छन । सामाजका लागि यस्तो रोजगारीमूलक अभियानको सुरुवात गरेकोमा गर्व महसुस भएको सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए ।

 

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ ।

 

सिप्रदी टेडिङ प्रालि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित १९ विक्री कार्यालय र २५ सेवा केन्द्रहरु रहेका छन् ।