सौर्य दैनिकको सातौँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरु सम्मानित

This News was posted on February 20, 18 1:25 pm

काठमाडौँ । सौर्य दैनिक पत्रिकाले आफ्नो स्थापनाको सातौं वाार्षिकोत्सव सोमबार भव्य रूपमा सम्पन्न गरेको छ । पत्रिकाको सातौं वार्षिकोत्सवको अवसरमा पत्रिकाले सौर्य दैनिकमा कार्यरत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो।

पत्रिकाे छैटौं वर्ष पार गरेर सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा राजधानीमा एक कार्यक्रम आयोजना गरी सौर्यमा रहेका विभिन्न व्यक्तित्वलाई विषेश सम्मान गरेको हो । यस वर्षको सम्मान प्रमुख भाषासम्पादक नन्दनप्रसाद सापकोटा, प्रमुख डिजाइनर दिनेशकुमार थापा, डिजाइनर शान्तिकुमारी राई, उप–सम्पादकमा केशव भट्ट र अनिल मल्ल ठकुरीसहित पाँच जनालाई सम्मान गरिएको थियो ।

सम्मान प्राप्त गरेपछि साैर्य दैनिकका पत्रकार केशव भट्टले सम्मान बाट सकारात्मक काम गर्न थप हाैसला मिलेको बताए । निरन्तर आफ्नो काममा खटिँदा आत्मसन्तुष्टि मिल्ने बताउँदै पत्रकार भट्टले आफू कार्यरत सँस्थाले सम्मान गर्दा झन् धेरै जिम्मेवारी थपिएको महसुस भएको समेत बताएका छन् ।